Sat. Jul 27th, 2024

पाँच जलविद्युत आयोजनाको लाइसेन्स खारेज

Light-e1419470339130

काठमाडौं – लामो विवादपछि मन्त्रिपरिषदले भौतिक प्रगति हेरेर जलविद्युत आयोजनाको अनुमतिपत्र ९लाइसेन्स० नवीकरण गर्ने निर्णय गरेका पाँच जलविद्युत आयोजनाको लाइसेन्स ब्युँताउने पक्षमा भए पनि सचिव राजेन्द्रकिशोर क्षेत्रीले आफूले पाएको अधिकार प्रयोग गरी सबै लाइसेन्स खारेज गरेका हुन् ।

गत असोज एकगते सचिवस्तरीय निर्णयअनुसार १८ मेगावाटको माथिल्लो सोलुखोला, ९.७ मेगावाटको माथिल्लो इङगावा, १४.३ मेगावाटको माथिल्लो मैलुङखोला, ३.४ मेगावाटको मिदिमखोल र ६.८ मेगावाटको माथिल्लो खोरुङखोलाको लाइसेन्स खारेज भएको छ ।

‘प्रचलित कानुनअनुसार पाँचओटा जलविद्युत आयोजनाको लाइसेन्स खारेजीको निर्णय गरेको छु,’ उर्जासचिव क्षेत्रीले भने, ‘यसबारे मन्त्रीलाई जानकारी दिइसकेको छु । सार्वजनिक सूचना निकाल्न बाँकी छ ।’ राजधानी दैनिकबाट

About The Author

Loading...

अन्य समाचारहरु: