Sat. Jul 27th, 2024

धादिङका पत्रकारलाई आर्थिक पत्रकारीता तालिम

IMG_6629
धादिङ – वित्तिय शुसाशन र प्रवद्र्धन धादिङ सञ्चारको अभियान भन्ने नारा सहित धादिङका विभिन्न सञ्चार सहकारीहरुमा आवद्ध पत्रकारहरुलाई ३ दिने आर्थिक पत्रकारीता तालिम दिइएको छ ।

जिल्ला विकास समिति धादिङको आर्थिक सहयोगमा धादिङ सञ्चार सहकारी संस्था लिमिटेड धादिङले तालिमको आयोजना गरेको हो । तालिममा धादिङका विभिन्न सञ्चार सहकारीहरुमा आवद्ध ३२ जनाको सहभागीता रहेको थियो ।

तालिममा कारोबार दैनिकका वित्तिय तथा अर्थ प्रमुख लोक बहादुर चापागाईंले आर्थिक क्षेत्रमा रिर्पोटिङ गर्ने तरिका, आर्थिक पत्रकारीताका अवसर तथा चुनौती लगायतका विषयमा जानकारी गराएका थिए । हाम्रो गाउँ ठाउँ र समाजमा दैनिक रुपमा भईरहेका आर्थिक गतिविधीलाई कसरी संचार गर्ने, तथ्याङकहरु संकलन गरी समाचारमा संलनता गराउने तरिकाको बारेमा सहभागीलाई जानकारी गराइएको थियो ।

तालिमको शनिबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । धादिङ सञ्चार सहकारी संस्था लिमिटेड धादिङका अध्यक्ष राजेन्द्र बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको अन्त्यमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: