Sat. Jul 27th, 2024

दशैँलाई १५ दिन सरकारी बिदा !

798px-Tika_and_jamara

२१ असोज, काठमाडौँ  – नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाई सरकारले घटस्थापनादेखि कोजाग्रत पूणिर्मासम्म सबै सरकारी कार्यालय बिदा दिने तयारी गरेको छ । निर्णयले सरकारी अड्डा लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०ं) बन्द हुनेछन् ।

यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले लैजाने सम्बद्ध स्रोतले बताएको छ । ‘प्रधानमन्त्रीसमेत भएको उच्चस्तरीय छलफलमा सहमति भई प्रस्ताव ल्याउन गृहलाई भनिएअनुसार प्रस्ताव तयार पारिएको छ,’ स्रोतले भन्यो ।

न्यायालयसम्बद्ध सबै अड्डा घटस्थापनादेखि पूणिर्मासम्म बिदा हुँदै आएको थियो । अरु सरकारी अड्डा घटस्थापनादेखि पूणिर्मासम्म बिदा हुँदै आएको थियो । अरु सरकारी अड्डा सप्तमीदेखि द्वादशीसम्म ६ दिन बिदा गरी दुई दिन अड्डा खोल्ने र कोजाग्रत पूणिर्माका दिन पुनः बिदा दिइँदै आएको थियो । यो निर्णयले सरकारी अड्डाको बिदा ६ दिन थपिनेछ । अन्नपूर्णपोस्टबाट

About The Author

Loading...

अन्य समाचारहरु: