धादिङ -एक महिनाभित्र सदस्यता वितरण गरी विधिवत् अधिवेशन सम्पन्न गर्ने गरी बद्री तिवारीको संयोजकत्वमा प्रजातन्त्रिक विचार समाज धादिङको गठन गरिएको छ ।
समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण आचार्यको सहभागितामा बुधबार धादिङवेंसीमा प्रजातन्त्रिक विचार धारासँग आबद्ध पत्रकार, कलाकार, कवि, साहित्यकार, कानुन व्यवसायी, शिक्षक, प्राध्यापक, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवाको भेला आयोजना गरी समाजको तदर्थ समिति गठन गरिएको हो ।
संयोजक तिवारीलाई सदस्यता रसिदको प्याड र समाजको विधान हस्तान्तरण गर्दै अध्यक्ष केसीले विधानअनुसारको काम र क्रियाकलाप सञ्चालन गर्न धादिङ शाखा सफल हुने विश्वास व्यक्त गरे । रासस