Sat. Jul 27th, 2024

धादिङका रामेश्वर कार्की शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित

rameshower karki sammna
धादिङ – धादिङ पत्रकार महासंघका सभासद, प्रेस चौतारी धादिङका निवर्तमान अध्यक्ष एवं नागरिक संवाददाता रामेश्वर कार्की यस वर्षको मध्यमाञ्चल क्षेत्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानेर ६ क्षेत्रलाई प्रदान गरिने २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार मध्यमाञ्चलबाट संयुक्तरुपमा धादिङका कार्की र रौतहटबाट अन्नपूर्णका फणि महतलाई प्रदान गरिएको छ । संचारग्रास्थित नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभामुख सुवासचन्द्र नेम्वाङले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
“ज्यानभन्दा ज्ञानै प्यारो” शिर्षक राखेर पृश्वी राजमार्गको जवाङखोलादेखि गोरखाको हुइलिङबेसी क्षेत्रमा त्रिशुली नदी हुँदै ज्यान जोखिममा राखेर शिक्षा लिन अगाडि बढ्ने विद्यार्थीहरुको समाचारले उक्त पुरस्कार पाएको हो । कार्कीले लेख्नुभएको उक्त समाचार नेपालका साथै विश्वभर रहनुभएका नेपालीहरुबीच चर्चामा रहेको थियो । उक्त समाचारकै कारण जिल्ला विकास समिति धादिङ र गोरखाका प्राबिधिकहरुको संयुक्त टोलीले स्थलगतरुपमा अध्ययन गरि झोलुङ्गे पुल महाशाखामा तत्काल पुल निर्माण गर्नुपर्ने आवश्यकतासहितको पत्र पठाएको थियो । महाभुकम्पका कारण हाल उक्त विषय ओझेलमा परेको छ ।

त्यस्तै उक्त पुरस्कारबाट पूर्वाञ्चल गोरखापत्रका जयकृष्ण यादव र अन्नपूर्णका छेटु शेर्पा, उपत्यकाबाट दि हिमालयन टाइम्सका कोकिला खड्का केसी र एजुकेशन पेजेजका रोशन क्षेत्री गाउँलेलाई उक्त पुरस्कार प्रदान गरिएको छ । पश्चिमाञ्चलबाट नयाँ पत्रिकाकी गगनशीला खड्का र दैनिकपत्रका शोभाखर पन्थी, मध्यपश्चिमाञ्चलबाट कान्तिपुर दैनिकका राजेन्द्र नाथ र नेपाल समाचारपत्रका धनबीर दाहाल, सुदूरपश्चिमाञ्चलबाट राजधानीका निमेन्द्र शाहीलाई प्रदान गरिएको छ ।

rameshower

७५ हजार राशीको यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार भने कान्तिपुर दैनिकका जनक नेपाल, कान्तिपुर टेलिभिजनका नारायण किलम्बू र शिक्षक मासिकका बाबुराम विश्वकर्मालाई संयुक्तरुपमा प्रदान गरिएको छ ।
१५ हजार राशीको ’शिक्षा लेखनवृत्ति’ पूर्वाञ्चलबाट नागरिकका भोलाकुमार पासवान र सप्तरी जागरणका वैद्यनाथ यादव, मध्यमाञ्चलबाट नयापत्रिकाका राजकुमार गोले, गोरखापत्रका नरेन्द्र सापकोटा र नेपाल टेलिभिजनका मन्दिरा थापालाई प्रदान गरिएको छ । उपत्यकाबाट संयुक्त रुपमा कारोबारका वीरेन्द्र ओली, कान्तिपुर एफएमका पार्वता चौधरी र हिमाल सइन्द्र राईलाई प्रदान गरिएको छ । त्यस्तै पश्चिमाञ्चलबाट गोरखापत्रका नवीनराज कुइकेल, बुटवल टुडेका कृष्ण खनाल र गोरखापत्रकै गोपीराम ज्ञवाली, मध्यपश्चिमबाट नागरिकका अर्जुन ओली र राससका हेमन्त केसी लाई प्रदान गरिएको छ । सुदूरपश्चिमबाट राससका मोहन विष्ट र नागरिकका रामबहादुर कुावर प्रदान गर्ने भएको छ ।

त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ’संस्थागत शिक्षा पत्रकारिता पुरस्कार पुर्वाञ्चलबाट गणतन्त्र एफएम, मध्यमाञ्चलमा रेडियो सिन्धुलीगढी, उपत्यकामा मेरो एफएम, पश्चिमाञ्चलमा रेडियो शालिग्राम, मध्यपश्चिमाञ्चलमा थारुभाषी एफएम, र सुदूरपश्चिमबाट संयुक्त रुपमा टीकापुर एफएम र नयाँ नेपाललाई प्रदान गरिएको छ । पत्रकार महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसमा २० हजार राशीको यो पुरस्कार प्रदान गरेको हो ।

राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने ४० हजार राशीको ’संस्थागत शिक्षा पत्रकारिता पुरस्कार पत्रपत्रिकातर्फ नेपाल समाचारपत्र दैनिक र टेलिभिजनतर्फ लुम्बिनी टेलिभिजनलाई प्रदान गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: