३० असोज, धादिङ – सहकारी संस्थामा रहि उत्कृष्ट बचत गरे बापत तीनजना सम्मानीत भएका छन् । सहारा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ वार्षिक साधारणसभाको अवसरमा सम्मानीत भएका हुन् । सम्मानीत हुनेहरुमा असल बचतकर्ता राममाया गुरुङ, कल्पना थापा र नन्दकुमारी श्रेष्ठ रहेका छन् । कार्यक्रममा संस्थाका पूर्वसंचालकहरु पार्वती खाँड राई, कृष्णकुमारी थापा, र तोरण कुमारी नेपाललाई समेत सम्मान गरिएको थियो । साधारण सभाकै अवसरमा प्रवेशिका परीक्षा २०७१ मा उत्कृष्ट अंक ल्याउने बाल सदस्यहरु मुना गुरुङ, रुपेश श्रेष्ठ, रोशन श्रेष्ठ र नजीर कोइरालालाई नगद १ हजार १ रुपैया सहित सम्मान गरिएको थियो ।
सहारा महिला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष ज्योति श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैक लि. का प्रबन्धक सञ्चालक केबी उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।
महिला सशक्तिकरण आर्थिक सामाजिक र राजैनैतिक उत्थान सहारा साकोसको अभियान भन्ने नारा लिएर वि.स. २०५६ सालमा स्थापना भएको संस्थामा ७ सय ३४ जना बाल बचतकर्ता सहित २१ सय ८४ जना सेयर सदस्यहरु रहेका छन् ।
संस्थाको हालसम्म ८० लाख ९४ हजार १ सय शेयर पूँजी र ५ करोड, ४६ लाख २४ हजार १ सय ८३ बचत गरी कुलपूँजी ७ करोड, ९० लाख ४ हजार ४ सय ९८ रहेको संस्थाको कोषाध्यक्ष इन्दिरा अर्यालले जानकारी दिए ।