Sat. Jul 27th, 2024

दसैंमा ग्याँस र पेट्रोल कोसेली !

Gas
धादिङ –  दसैं मान्न तराई वा भारतबाट घर आउदैँ हुनुहुन्छरु त्यसो भए अरू कोसेली नकिन्नुस् । आफ्नै भान्सालाई ग्यास र साथीभाईलाई अलिकति पेट्रोल ल्याइदिनुहोस् । पाउनेले सात पुस्तालाई पुग्ने शुभकामना दिनेछन् । भारतको भोपालस्थित पल्टनमा कार्यरत सत्यदेवी ४, धादिङका भद्रबहादुर घले बिदामा आउन लागेका थिए ।

पहिलेका दसैंमा आउँदा लुगाकपडा र सरसामान ल्याउँथे । ‘यसपाला ग्यास ल्याउनु भनेकी छु’ छोरा पढाउन सदरमुकाममा डेरा लिई बसेकी उनकी श्रीमती जोरमायाले भनिन्,‘६ वटा सिलिन्डर बोकेर आउँदै हुनुहुन्छ रे । थाहा छैन, त्यति धेरै ल्याउन पाउनुहुन्छ की हुन्न ।’ जोरमायाले मात्र होइन भारतमा काम गर्ने ज–जुसका आफन्त फर्किदै छन् ,सबैले ग्यास नै माग गरेका छन् ।

सबैका परिवारबाट त्यसका लागि फोन गइसकेका छन् । राजधानी र आसपासका जिल्लाभन्दा तराईका सिमावर्ती इलाकामा तुलनात्मक रूपमा इन्धन पाउन सजिलो छ । घरमा हुनेलाई त्यो थाहा छ । कान्तिपुर

About The Author

Loading...

अन्य समाचारहरु: