Fri. Jul 4th, 2025

कुवेतमा २५ वर्षमा ३ सय ४७ जना नेपालीको मृत्यु

kubat
कुवेत – सन् १९९० देखि अहिलेसम्म कुवेतमा रोजगारीका लागि आएका तीन सय ४७ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा दुई सय ४१ पुरुष र एक सय ६ जना महिला छन् ।

हृदयघात, मष्तिष्कघात, सुगर र ब्लड प्रेसरका कारण एक सय ५३, दुर्घटनामा परेर ९८ जना र रहस्यमय रुपमा २४ जनाको ज्यान गएको हो । यो अवधिमा ६९ जनाले आत्महत्या गरेको र तीन जनाको हत्या भएको नेपाली दूतावास कुवेतका द्वितिय सचिव भोगेन्द्र लिङ्देनले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: