Sat. Jul 27th, 2024

नेपाली बैंकको चुक्ता पुँजी सार्कमै दोस्रो स्थानमा

nepal_money

१० कात्तिक, काठमाडौं – नेपाली वाणिज्य बैंक सार्कस्तरमै दोस्रो चुक्ता, पुँजी भएको बैंक बन्ने भएका छन् । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको निर्देशनअनुसार न्यूनतम चुक्ता पुँजी पुर्‍याएपछि नेपालका वाणिज्य बैंकहरु सार्कस्तरमै दोस्रो धेरै चुक्ता पुँजी भएका बैंक बन्ने छन् ।

यसका लागि नेपाली बैंकले करिब दुई वर्ष (०७४ असार मसान्त) पर्खनु पर्ने छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकल बैंकहरुको चुक्ता पुँजी ०४७ असारसम्ममा ८ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने निर्देशन दिएको छ ।

यो चुक्ता पुँजी सार्क राष्ट्रका बैंकहरुमध्ये पाकिस्तानका बैंकभन्दा कम र बाँकी राष्ट्रका बैंकभन्दा धेरै (सम्बन्धित राष्ट्रको स्वदेशी मुद्रामा) हो । नयाँ पत्रिकाबाट

About The Author

Loading...

अन्य समाचारहरु: