Fri. Jul 4th, 2025

धादिङ प्रहरीद्धारा बढी भाडा लिने १ सय १० सवारी साधनलाई कार्बाही

gajuri-area-police-office-dhading
१० कात्तिक,  धादिङ – धादिङ प्रहरीले चाडपर्वको मौका छोपी बढी भाडा लिने १ हजार १ सय १९ जना यात्रुहरुको भाडा फिर्ता गरिदिएको छ ।

दशै तिहार तथा अन्य चाडपर्वहरुलाई मध्यनजर गर्दै संचालन गरेको यात्रु सहायता डेस्क अभियानबाट बढी भाडा लिने १ सय १० यात्रुवाहक सवारी साधनलाई कार्बाही गरेको छ । कात्तिक ९ गतेसम्ममा ३ लाख १० हजार २ सय ६० रुपैया भाडा यात्रुहरुलाई फिर्ता गराइएको प्रहरी नायव उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

कार्बाहीमा बढी मात्रामा सार्वजनिक यातयातका साधनहरु रहेका छन् । त्यसबाहेक ट्रक, मोटरसाइकल पनि कार्बाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यलय धादिङले चाडपर्वहरुलाई मध्यनजर गर्दै असोज २६ गतेदखि डेस्क संचालन गदै आइरहेको छ । राजमार्गमा चल्ने सवारी साधनमा हुन सक्ने चोरी, डकैती, भाडामा अनियमितता तथा अलपत्र परेका यात्रु र उनीहरुको सामानको सुरक्षाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यलय गजुरीको पहलमा यात्रु सहायता डेस्क संचालन गरिएको हो ।

About The Author

अन्य समाचारहरु: