Fri. Jul 4th, 2025

धादिङ सहित भूकम्प प्रभावित क्षेत्रमा अमेरिकाले ल्यायो बलियो घर परियोजना

dhdiang earthequal jhokim basti 1

११ कात्तिक, काठमाडौं –  नेपालमा गएको विनाशकारी भूकम्पले प्रभावितहरुलाई अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसआईडी० मार्फत सहयोग गर्ने भएको छ । सहयोगका लागि आफ्नो तीन कार्यक्रम घोषणा गरेको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि नेपाल सरकारले बनाएको घरधनी आफै सम्मिलित नमूना आवास पुनर्निर्माणको सहयोगार्थ कार्यक्रमहरू घोषणा भएका हुन् ।
परियोजना अन्र्तगत राष्ट्रिय पुनर्निर्माण प्रविधि केन्द्रका साथै दोलखा, धादिङ र नुवाकोट जिल्लाहरूमा जिल्ला तथा स्थानीय स्तरमा तीन तालिम केन्द्रको स्थापनामा समेत सहयोग पुर्‍याउनेछ ।

विगतका लगानीको जगमा थप कार्य गर्दै यूएसआईडीका कार्यक्रमहरूले आगामी पाँच वर्षमा झन्डै १३ हजार ५ सय स्थानीय निर्माण कामदारलाई तालिम दिनुका साथै २ लाख ८५ हजारभन्दा बढी प्रभावित घरधनीहरूलाई भूकम्प प्रतिरोधी आवास निर्माणको विषयमा शिक्षित बनाउनेछन् ।

८० लाख अमेरिकी डलर लागतको बलियो घर नामक पञ्‍चवर्षीय परियोजनाले स्थानीय डकर्मी, सिकर्मी, इन्जिनियर र प्रभावित घरधनीहरूलाई तालिम दिनेछ ।

सहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा भूकम्प प्रविधि राष्ट्रिय समाज९नेपाल ९एनसेट० ले बलियो घर परियोजनालाई कार्यान्वयन गर्नेछ ।

यूएसआईडीले सबल नामक रिजिलियन्ससम्बन्धी आफ्नो चालु परियोजनालाई पनि विस्तार गरी सिन्धुपाल्चोक र काभ्रेपलाञ्‍चोक जिल्लामा स्थानीय डकर्मीहरूहरूको तालिममा २७ लाख अमेरिकी डलर लगानी गर्ने भएको बताएको छ ।

यसका अतिरिक्त यूएसआईडीले विश्‍व बैंक नेपाल भूकम्प पुनर्निर्माण बहुदातृ कोषमा ९६ लाख अमेरिकी डलर रकम योगदान गरेको छ । यस योगदानले सबैभन्दा बढी प्रभावित १४ जिल्लामा सरकारको नेतृत्वमा सञ्‍चालित लाभान्वित व्यक्ति सर्वेक्षणलाई प्रत्यक्ष रूपमा सहयोग गर्नुका साथै प्रभावित घरधनीहरूलाई आवास पुनर्निर्माणका लागि नगद अनुदानको वितरणमा सहयोग गर्नेछ ।

“वैशाख १२ गते नेपालमा गएको भूकम्पको यस हप्‍ता छ महिना पुगेको छ, र हामीलाई आफ्ना नयाँ र विस्तारित कार्यक्रमहरू घोषणा गर्न पाउँदा खुशी लागेको छ, साथै सुरक्षित तथा बलियो नेपालको पुनर्निर्माणमा मद्दत पुर्‍याउने कार्यलाई हामी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ,” अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भनेकी छन् ।

नयाँ परियोजना तथा विद्यमान कार्यक्रमका विस्तारको लागत २ करोड अमेरिकी डलरभन्दा बढी रहेको राजदूतले बताइन्र । अमेरिकी राजदूत अलाइना बी। टेपलेट्जले भनेकी छन्, भूकम्पपछि अमेरिकी सरकारले कबोल गरेको १३ करोड डलरको हिस्साका रूपमा रहेका उक्त परियोजना तथा कार्यक्रमहरूले नेपालप्रतिको हाम्रो निरन्तर प्रतिबद्धता प्रदर्शन गर्दछन् ।”

About The Author

अन्य समाचारहरु: