मलेसिया – गायक अमर राइको नयाँ एल्वम ‘इमोट्रल’मा समाहित गीत ‘ओ प्रिय’ पछिल्लो समय लोक प्रिय बन्दै गएको छ ।
मलेसियामा रहेका गायक अमरले हालै सो एल्वम बजारमा ल्याएका हुन् भने ओ प्रिय को म्युजिक भिडीयो समेत वजारमा ल्याएका छन् । मलेसियामा नै रहेका गायक रमेश वाँनियाले रचना गरेको सो गीतलाइ अर्का संगीतकर्मी मनिपाल राइले संगीत भरेका छन् ।
नेपालको पुर्वि भेगमा छायाङ्कन गरिएको गीतको म्युजिक भिडीयोलाई हेमन योन्जनले निर्देशन गरेका हुन् । सो म्युजिक भिडीयोमा पुर्वका संन्चारकर्मी सन्देश पौडेल र प्रेसीकाले अभिनय गरेका छन् भने सो म्युजिक भिडियो को छायाङकन सुमन योन्जनले गरेका छन् ।
पुर्वका रमणिय क्षेत्रमा छायाङकन भएको यो म्युजिक भिडीयो पछि गायक राइले अर्काे गीतलाइ समेत म्युजिक भिडीयो बनाउन लागेका छन् ।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=ERSvECARx4E
www.youtube.com/watch?v=ERSvECARx4E