Sun. Jul 21st, 2024

विराटनगर कारागारमा फोहरबाट विद्युत् उत्पादन सुरु

Light-e1419470339130

२१ कात्तिक, मोरङ – जिल्ला विकास समिति मोरङले वैकल्पिक ऊर्जा प्रविधि अपनाएर विराटनगर कारागारमा फोहरबाट विद्युत् उत्पादन सुरु गरेको छ ।

विकास समिति मोरङका वैकल्पिक ऊर्जा केन्द्रका अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार कारागारमा प्रयोग हुँदै आएको ३५र३५ घनमिटरका दुई वटा शौचालयबाट तीन किलोवाट विद्युत् उत्पादन सुरु गरिएको ।

मुलुकमा ऊर्जा सङ्कट भइरहेका बेलामा कारागारमा सो प्रविधिबाट जडित ऊर्जाले कारागार क्षेत्रभरि बिजुली बाल्न पुग्ने छ । त्यस्तै खाना पकाउनका लागि चारवटा चुल्होसमेत सञ्चालन गरिएको ऊर्जा अधिकृत सिंहले बताए ।

करिब पाँच लाख रूपैयाँको लागतमा निर्माण भएको सो प्रविधिको जडान भएपछि कारागारमा बिजुलीको समस्या नरहेको कारागार प्रशासनले बताएको छ । रासस

About The Author

Loading...

अन्य समाचारहरु: