Sat. Jul 27th, 2024

कफि दिवस मनाइयो

२ मंसिर, धादिङ – विभिन्न कार्यक्रम गर्दै किसान, उद्योगी, व्यवसायीहरुले कफि दिवस मनाएका छन् ।

धादिङको नलाङ गाउँ विकास समिति वडा नम्बर ४ मा रहेको हिमालय अनटप अर्गानिक कफि स्टेटमा पनि कफिको विरुवा रोपेर दशौं कफि दिवस मनाएको छ । विगत ५ वर्षदेखि नै सञ्चालन हुँदै आएको हिमालय अनटप कफि फार्ममा हरेकवर्ष कफिका विरुवा रोपिदै आएको छ । दिवसको अवसरमा धादिङका स्थानीय विकास अधिकारी रुद्र सिंह तामाङले नलाङमा संचालित कफी फार्ममा कफिको विरुवा रोप्नु भएको छ ।

कफी रोप्न नलाङ पुग्नुभएका स्थानीय विकास अधिकारी तामाङले जिल्लामा कफी खेती प्रवद्र्धन गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो । हिमालय अनटप अर्गानिक कफि फार्ममा अहिलेसम्म ५१ हजार कफिका विरुवा रोपि सकिएको हिमालय अनटपका फार्म सञ्चालक भरत रेग्मीले बताउनुभयो । पर्यटन व्यवसायी समेत रहनुभएका रेग्मीले २०६८ सालदेखि नलाङमा कफिखेती शुरु गर्नु भएको हो । फार्ममा उत्पादन भएका कफिको युरोप, अमेरिका, अष्ट्रेलिया लगायतमा माग भएको रेग्मीले बताउनुभयो । पर्याप्त मात्रामा सिंचाइको अभावमा पनि रेग्मीले आकाशे पानी संकलन गरेर र पाँच किलोमिटर टाढादेखि ट्रकमा पानी बोकेर सिंचाइ व्यवस्था मिलाउनु भएको छ । आगामी दुई वर्ष भित्रमा थप १५ हजार विरुवा लगाउने तयारी गरेको पनि रेग्मीले जानकारी दिनुभयो ।

फार्ममा लगाइका सबै विरुवाहरुले उत्पादन दिन थालेपछि वार्षिक ५५ देखि ६० हजार किलो कफि उत्पादन हुने रेग्मीले अनुमान गरिएको छ । कफि फार्ममा विगतका वर्षमा नेपालका लागि नर्वे, अमेरिका, एजरायल, स्विट्जरल्याण्ड लगायतका देशका राजदुतहरुले पनि कफि रोप्नु भएको छ ।  कफि विरुवा रोप्ने कार्यमा जिल्ला विकास समिति धादिङका योजना अनुगमन तथा प्रशासकिय अधिकृत युवराज अर्याल, नलाङ कृषि पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: