Sat. Jul 5th, 2025

मलेसियामा मोटरसाइकल दुर्घटनामा धादिङ नलाङका केदार दुवाडीको ज्यान गयो

kedar deth
२४ कात्तिक,  मलेसिया – मलेसियामा मोटरसाइकल दुर्घटनामा परि धादिङ नलाङका केदार दुवाडीको ज्यान गएको छ ।

सोमबार काम सकेर कोठामा फर्कने क्रममा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । घाइते दुवाडीलाई इपो अस्पताल लगिएको केही समयमै ज्यान गएको आफन्त बिनोद लामिछानेले जानकारी दिए ।

दुई वर्षअघि मलेसिया आएका दुवाडी म्यामरुङ हाइल्याडको कपक फर्ममा काम कार्यरत थिए ।  उनको श्रीमती पनि मलेसियामै कार्यरत छिन् । नेपालमा बुबा र तीन वर्षकी छोरा छन् ।

About The Author

अन्य समाचारहरु: