Sat. Jul 27th, 2024

एक वर्षमै फार्काइँदै छ शान्ति मिसनमा खटिएका ‘फोर्स कमान्डर’

Armyकाठमाडौं – संयुक्त राष्ट्रसंघले सबैजसो शान्ति मिसनमा नियुक्त भएका नेपाली फोर्स कमान्डरको म्याद दुई वर्ष थप गर्दै आए पनि यसपटक एक वर्षमै फिर्ता पठाउँदै छ । सिरियाको गोलानहाइटमा खटिएका फोर्स कमान्डर रथी पूर्णचन्द्र थापाको म्याद नथपिने भएको छ । राष्ट्रसंघले म्याद नथप्ने भएपछि थापा आगामी माघमा स्वदेश फिर्ता हुने भएका छन् ।

सिरियास्थित ‘युनाइटेड नेसन्स डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स ९अनडोफ०का लागि संयुक्त राष्ट्रसंघले नयाँ कमान्डरका लागि ‘ग्लोबल भ्याकेन्सी’ मागेको छ । यसका लागि राष्ट्रसंघले प्रतिस्पर्धी उम्मेदवार पठाइदिन नेपाली सेनालाई पनि औपचारिक रूपमा आग्रह गरेको छ । कामको मूल्यांकन हेरेर राष्ट्रसंघले नेपाली कमान्डरको पदावधि तीन वर्षसम्म थप गरेकोमा यसपटक रथी थापाको पदावधि एक वर्षमै सीमित गरेको हो । सैनिक स्रोतका अनुसार रथी थापाको कार्यक्षमतामाथि विश्वस्त हुन नसक्दा राष्ट्रसंघले म्याद नथपेको  छ ।

‘फोर्स कमान्डर रहनुभएका रथी थापा फागुनमा स्वदेश फिर्ता हुनुहुन्छ, राष्ट्रसंघले नयाँ कमान्डरको भ्याकेन्सी आह्वान गरेको छ र उपयुक्त उम्मेदवार पठाउन आग्रहसहितको चिठी आएको छ,’ प्रधानसेनापति राजेन्द्र क्षत्री निकटस्थ स्रोतले भन्यो, ‘अहिलेसम्म हाम्रो फोर्स र कमान्डरको कार्य राष्ट्रसंघको मूल्यांकनमा राम्रो थियो, यसपटक किन कमान्डरको म्याद थप नहुने भयो भन्नेबारेमा बुझ्दै छौँ ।’

थापा नेपाली सेनाका क्षमतावान् कमान्डर मानिन्छन् । राष्ट्रसंघमा महासचिव वान की मुनले नियुक्त गरेपछि थापाले २५ माघदेखि फोर्स कमान्डरको कार्यभार सम्हालेका थिए । उनको एक वर्ष २४ माघमा सकिँदै छ । थापालाई नेपाली सेनाले फिर्ता बोलाएको नभएर राष्ट्रसंघ आफैँले म्याद नथपेर स्वदेश पठाउन लागेको हो । उनी गत वर्ष उपरथी भएका वेला विश्वव्यापी प्रतिस्पर्धाका आधारमा फोर्स कमान्डर नियुक्त भएका थिए । केही महिनाअघि रथी नियुक्त भएका थापाले दसैँअघि काठमाडौं आउँदा दज्र्यानी चिह्न लगाएका थिए ।
नयाँ पत्रिकाबाट

About The Author

Loading...

अन्य समाचारहरु: