६ मंसिर, सप्तरी -सप्तरीमा प्रहरीले चलाएको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ।
राजमार्ग अवरुद्ध गरेर बसेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा गाढा- ९ का वीरेन्द्र राम र जमुनी मध्यपुरमा – ७ का नागेश्वर यादवको मृत्यु भएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
गोली लागि अन्य २० जनाको बीपी स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार भइरहेको सुवेदीले बताए।