Sat. Jul 27th, 2024

धादिङ समाज युएईको अबुधाबी क्षेत्रीय समिति गठन

dhading-samaj-abidhabiभुवन गुरुङ, अबुधाबी युएई/ ६ मंसिर- रोजगारिको लागि र बिभिन्न पेशामा युएई आई पुगेका धादिङेहरु बिस्तार बिस्तारै एकजुट हुँदैछन् ।

भर्खरै २ महिना अगाडि मात्र भब्य रुपमा गठन भएको केन्द्रिय समितिले शनिबार क्षेत्रिय समिति गठन गरी सकेको छ भने यस लगतै केन्द्रिय समितिका उपाध्यक्ष नर बहादुर घलेको प्रमुख अतिथी र केन्द्रिय कोषाध्यक्ष बिकास गुरुङ को विशेष अतिथिमा तिहारको उपलक्ष्यमा शुभ कामना आदान प्रदानका साथ अबुधाबी क्षेत्रीय समिती गठन गरिएको छ।

आतङ्क थापाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन भएको छ। समितिको उपाध्यक्षमा बेग बहादुर तमाङ, महासचिवमा नरबहादुर घले, सह सचिबमा राम बहादुर घले, कोषाध्यक्षमा कमला घले चयन भएका छन् । सदस्यहरुमा मानसिङ घले, शुक्रराज गुरुङ, सबिन्द्र गुरुङ्, अशोक अधिकारी रहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: