Sat. Jul 5th, 2025

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक समाग्री वितरण

apangaधादिङ – अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक समाग्री वितरण गरिएको छ ।

२४ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर महिला तथा बालबालबालिका कार्यलय धादिङको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि सहायक सामाग्री वितरण गरिएको हो ।

समाज कल्याण परिषद् राष्ट्रिय अपाङ्ग कोष काठमाण्डौको आयोजना, युएसएआइडी, ह्याण्डीक्याम्प इन्टरनेशनल र महिला बालबालिका तथा समाज कल्याण मञ्त्रालयको सहकार्य तथा अपाङ्ग कल्याण संघ गजुरी सिविआर नेटवर्कको सहयोगमा ह्विल चियर, वाकर, कृतिम खुट्टा, कृक्रिम हात, वैशाखी लगायतका सामाग्री वितरण गरिएको अपाङ्ग कल्याण संघ गजुरीका अध्यक्ष तथा सिविआर नेटवर्कका संयोजक गुणराज खतिवडाले बताए।

२१ औँ शताब्दीमा आइपुग्दा सम्म पनि अपाङ्गता भएका व्यक्तिहरुलाई दया र कृपाको दृष्टिकोणले हेर्ने गरिएको छ । जसका कारण कयौँ अपाङ्गता भएका व्यक्तिहरु घर भित्रै सिमित रहेकाले पनि उनिहरुलाई बाहिर ल्याऊनका लागि सहयोग समाग्री वितरण गरिएको समाज कल्याण परिषद् राष्ट्रिय अपाङ्ग कोष काठमाण्डौका अध्यक्ष देवु पराजुलीको भनाई छ । सहयोगी सामाग्री पाएपछि नेत्रहिन, बौद्धिक, बहिरा तथा शारीरीक रुपमा अपाङ्ग भएका व्यक्तिहरु खुशी भएका छन् ।

About The Author

अन्य समाचारहरु: