Fri. Feb 14th, 2025

बेचविखन तथा ओसारपसारका घटना बढ्दो

awajधादिङ – धादिङको मलेखुमा आज व्यावसायिक बाल यौनशोषण विरुद्धको कार्यक्रमको बारेमा स्थानीयहरुलाई जानकारी गराइएको छ ।

बालयौन दुव्यवहार बढीरहेको बेलामा त्यसलाई न्यनिकरण गर्ने उपायहरुको बारेमा आयोजक संस्था आवाज अभियान नेपालले जानकारी गराइएको थियो ।

आवाज अभियान नेपालद्धारा संचालित द फ्रिडम फन्ड र जेनेभा ग्लोबलको सहकार्यमा सम्पन्न आर्थिक जीविकोपार्जन सम्बन्धी कार्यक्रमको बारेमा पनि छलफल गरिएको थियो ।

विश्वमा वर्षेनी ९ लाख देखि १० लाखसम्म व्यक्ति विश्वव्यापी रुपमा बेचविखन तथा ओसारपसारको सिकार हुने गरेको पनि कार्यक्रममा जानकारी गराइएको थियो । यस वापत १ अर्ब २५ करोड डलर वार्षिक लेनदेन हुने गरेको आवाज अभियान नेपालका अध्यक्ष केशव दुवाडीले जानकारी दिए ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा बेचविखन तथा ओसारपसारका जम्मा १ सय ८५ वटा मुद्धा दर्ता भएका छन् । यस्ता घटनाहरुको मुद्धा दर्ता बढेको पनि जानकारी गराइएको छ । ओरेक नेपालले मंसिर महिनामा प्रकाशित गरेको तथ्याङक अनुसार १ हजार ९ सय ३० वटा हिंसाका घटनाहरु भएका छन् । जसमा ९६ जना बलात्कारको शिकार, ७५ जना यौनशोषणको सिकार र २१ वटा मानव बेचविखनका घटना रहेका छन् ।

About The Author

अन्य समाचारहरु: