१९ मंङसिर, धादिङ -पौडि खेल्ने क्रममा थोप्पल खोलामा डुबेर आज धादिङमा एक जनाको मृत्यु भएको छ । बागेश्वरी उमावि मलेखुबाट बनभोज खानको लागि कुम्पुर गाउँ विकास समिति वडा नम्बर ३ आएका शिक्षक शिव नेपालको थोप्पल खोलामा डुबेर मृत्यु भएको हो । धादिङको नीलकण्ठ नगरपालीका वडा नम्बर ६ घर भएका शिक्षक शिव नेपाल बागेश्वरी उमाविमा विज्ञान विषय अध्यापन गराउदै आएका थिए ।