Sat. Jul 5th, 2025

लायोन्स क्लब अफ काठमाण्डौँले ग¥यो संक्रमित बालबालिका सँग साक्षात्कार

lions photo १९ मंङ्सिर, धादिङ– लायोन्स क्लब अफ काठमामाण्डौं नेटवोर्कले एचआईभी एड्स दिवसको अवसर पारेर आज संक्रमित बालबच्चाहरु सँग साक्षात्कार तथा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । विश्व एच आइ  एड्स दिवस पारेर नेटवोर्कले  शनिबार  सितपाइला स्थित पुनर्बल प्लस होममा ३० जना बालबालिकाहरुसँग खाना खाने तथा उनिहरुको अवस्था अबलोकन गरेको हो । कार्यक्रममा नेट्वोर्कका चारटर प्रेसिडेन्ट हिम प्रसाद पाठक, इम्मेडिअट प्रेसिडेन्ट होम बहादुर श्रेष्ठ र बर्तमान प्रेसिडेन्ट  तेज दत्त  खकुराल लगायत अन्य दस जना सदस्यहरुले पुनर्बल प्लस होमका बाल बालिका सँग सँगै खाना खाएका थिए ।

lions photo1

उक्त होममा ३० जाना मध्ये १९ जाना बाल बालिका एच आइ भि ऐड्स  सन्क्रमित भएको होमका सस्थापक महेस श्रेष्ठले बताए ।  कार्यक्रम मा बोल्दै चारटर प्रेसिडेन्ट पाठकले बालबालिक लाई निकट भबिस्य मा जाडोका लत्ता कपडा उपलब्ध गराइने बताए।  कार्यक्रम लाई सम्बोधन गर्दै प्रेसिडेन्ट खकुरालले काठमाडौं नेट्वोर्कले अभावमा परेका बाल बालिका हरु सँग सधैं हातेमलो गरेर जाने बताए । होमले  धादिङ, कैलाली, बार्दिया लगायत ११ जिल्लाका बालबालिकाहरुलाई खाने, बस्ने, पढ्ने गरी सम्पूर्ण जिम्मेवारी लिएको छ ।

About The Author

अन्य समाचारहरु: