Sat. Jul 27th, 2024

खोजी गरेर नेपाली गीत सुन्ने बानी छैन

गीत संगीत मानिसको जीवनको सारथी हो । मानिसले हरेक अवस्थामा संगीतको भरपूर प्रयोग गरिरहेको हुन्छ । समाजमा हुने विभिन्न धार्मिक तथा साँस्कृतिक उत्सव तथा चाडर्वमा यसले छुट्टै रौनक ल्याइदिन्छ । साथीहरु भेट भएको अवस्थामा होस् या एकान्तमा मानिसहरुले संगीतको मज्जा लिइरहेका हुन्छन् । अहिले गीत संगीतमा नयाँ कलाकारहरुको आगमन बढ्ने क्रम रहेको छ । विं स। २०३६ साल बैशाख १२ गते धादिङको कल्लेरी–९, मुलाबारीमा जन्मिनुभएका भगवती उप्रेतीका गोरी गारी धादिङकै चेली, आज फेरी दिलको घाउ बल्झिएछ झन् लगायतका गीतहरु चर्चामा छन् । धादिङबेसी आउनै हुन्न र, वैगुनीले डाँडै काटेनी, कृति, विर्सी जानेलाई र नारीको अस्मिता गरी  ५ वटा एल्वम निकाली सक्नु भएको छ । गीत संगीतमा डुबुल्की मार्ने उनै गायीका भगवती उप्रेतीसँग पाविल अनलाइनले गरेको कुराकानी 

 

310332_4029478168273_2120632608_n

तपाई आफूलाई के भनेर चिनाउनुहुन्छ ?
म एउटा गायीका हुँ । सानैदेखि यस क्षेत्रमा लागि परेको हुनाले उत्साहका साथ यस क्षेत्रमा लागि परेकी छु ।  र त्यसको अलवा अधिकारको क्षेत्रमा पनि काम गर्ने हुनाले अधिकारकर्मी पनि भन्न रुचाउँछु । महिलाहरुका आवाजहरु, गुनासाहरुका आधारमा यो क्षेत्रहरुलागि अगाडि बढाइरहेकी छु ।

 
किन रोज्नु भयो यो क्षेत्र ?
सानैदेखि संगीतको माया गर्थे, स्कुलमा जाँदा होस् या अन्य कुनै पनि समयमा गीत गुनगुनाउन्थे । साथीहरुलाई सुनाउन्थे । गाँउघरमा हुने बिहे, भोजहरुमा पनि मेरो उपस्थिति भएकै हुन्थ्यो । यसरी हँुदा हुँदै संगीत नै जीन्दगीको सारथी बन्यो र यसैलाई रोजे । त्यसपछि पढ्दै गर्दा केही गीतहरुमा पनि आवाज दिए । र पछि गएर एलबम पनि निकाले । अहिले संगीत मेरो साथी बनेको छ ।

 
सुरुका दिनहरुमा समाजको दृष्ट्रिकोण कस्तो थियो ?
छोरीले समाजमा राम्रो काम गरोस् या नराम्रो समाजमा त्यो तारोको रुपमा हुन्छ । र त्यो अवस्था अझै पनि हट्न सकेको छैन । समाजले छोरी माथि हेर्ने दृष्टिकोण नकारात्मक थियो । सुरुका दिनमा घर परिवारको साथ र सहयोग पनि थिएन । समाज सहयोग पाउनु टाढाको कुरा थियो । तर पनि यस्ता कुराहरुलाई  पछाडि पार्दै आफ्नो रुचिलाई मर्न दिएन । त्यसैले आज यो स्थानमा छु ।

 
धादिङमा गीत संगीतको अवस्था कस्तो छ ?
राजधानी नजिकै भएतापनि गीत संगीत, कलाकारीताको क्षेत्रमा एकदमै कमजोरी देखिन्छ । राष्ट्रिय स्तरमा चर्चित भएकाहरु नभएतापनि स्थानीय रुपमा चाँहि धेरै कलाकारहरुको उत्पति भएके छ । धादिङका कलाकारहरु  चर्चित भएको, नाम चलेको भन्ने चाहिँ अलि कम नै छ । धादिङमा कलाकारीताको विकास अझै हुनै बाँकी देखिन्छ । विकासक्रममा नै रहेको छ ।

 
धादिङमा किन सष्ट्राहरु  फष्ट्राउन सकेको छैन नी ?
धादिङमा संस्कार र संस्कृतिको एउटा संरचना राम्रोसँग बन्न सकेन त्यसैले नै यस्तो समस्या उब्जिएको हुनसक्छ । त्यसमा पनि महिलाहरुलाई घरपरिवार र समाजबाट हौसला प्रदान नहुदा पनि यस्ता समस्याले जग गाडेको हो । आफूले गरेका कार्यबाट सन्तुष्ट नहुदा र आम्दानीको बाटो पहिलयाउन नसक्दा यस्ता समस्याहरु निम्तिएको छ । कतिपयको गीत संगीत  शब्द, लय राम्रो हुदा हुदै पनि बजारमा त्यसले मूल्य नपाएको अवस्था छ । त्यस्तै नेपाली समाजमा खोजी गरेर नेपाली गीत सुन्ने बानी छैन । धेरै गीत निकाल्ने पनि उत्प्रेरणा जोगाउने केही छैन । राज्यदेखि नै यस्ता धेरै समस्याहरु, अष्ठ्याराह्रु भएतापनि समाजले यस्त समस्यालाई सहजै स्वीकार गरी हाल्ने अवस्था रहेको छैन । त्यसैले पनि धादिङमा सष्ट्राहरु फष्ट्राउन सकिरहेको छैन ।

 
सुरु–सुरुमा यो क्षेत्रमा लाग्न कस्ता समस्याहरु आएका थिए ?
समस्याहरु धेरै आए । हुन त समस्यासँग बुभ्नु नी पर्दछ अनि मात्र सफलता प्राप्त गर्न सकिन्छ । मेरो घरपरिवारका दाई दिदीहरुले पनि यस क्षेत्रमा नलाग्नलाई अनुरोध गर्नुभएको थियो । पैसा मात्र जाने। आम्दानी नहुने भनेर कराउनु हुन्थ्यो । तर पनि आफ्नो खुसीलाई मार्न सकिन यसैमा समर्पित भएर आज यो स्थानसम्म छु । जीवनमा अनेक समस्याहरु आईपर्छ त्यसलाई विस्तारै हटाउदै जनुपर्छ अनि मात्र सफल भइन्छ । आफू जुन क्षेत्रमा रमाउन सक्दछौ, खुसी हुन्छौँ त्यही नै रोज्ने हो र त्यसैम सफल हुने नै हो ।

 
गीत संगीतमा लाग्दा सुरुका दिनदेखि हालसम्म कस्ता कस्ता अनुभवहरु संगाल्नुभएको छ ?
सुरुसुरुमा त नयाँ हुदा धेरै समस्याहरु आए । पहिले त घरपरिवारबाट पनि नकारात्मक धारणा थियो । छोरीले समाजमा यस्ता कुराहरु गर्नुहुन्न भन्ने जस्ता कुराहरु हुन्ग्थ्यो तर अहिले पहिलेको तुलनामा अलि सहज भएको छ । कम्पनीले आफू मात्र बाँच्ने कलाकारलाई मारिदिने प्रचलन छ । त्यसैले कलाकारहरु धेरै शोषणमा परेका छन् । सर्पले एउटा भ्यागुता निले जस्र्त कम्पनीले पनि कलाकारलाई त्यस्तै गरेको छ । सी.आर.वी.टीहरु बाट अलि अलि केही राहत मिले पनि कम्पनीले नै लिइदिने गर्दछ । यस्ता धेरै चुनौतिहरु, मोडहरु पार गरियो ।

 
गीत संगीतको क्षेत्रमा नयाँ कलाकारहरुको आगमन र पूरानाहरु पलायन हुने अवस्था छ नी के भन्नु हुन्छ ?
राज्य पक्षले देशमा जन्मिएका कलाकारहरुको गीत नसुन्दीनु, ध्यान नदिनु नै मुख्य समस्या हो । कलाकार आफैले धेरै लगानी गर्नुपर्ने र बजारमा गीत संगीतको चासो नहुदा पनि यस्ता कुराहरुले जग गाडेको हो । श्रोताहरुले जस्तो खालको गीत चाहेको हुन्छ त्यस्तै गीत बजारमा ल्याउनु नसक्नु पनि समस्याको रुपमा रहेको छ । अहिले पश्चिमेली गीतरुले जरो गाडेको छ नयाँ नयाँ कलाकारहरुले यस्ता गीतहरु बढी मात्रामा ल्याउने हुनाले पनि पूरानाहरु विस्थापित हुने स्थीति देखिएको छ ।नाम कमाउने अभिलाषा र यो क्षेत्रमा लाग्ने रहरले गर्दा धेरै नयाँ कलाकाहरुको आगमन बढेको हो । यसलाई त हामीले रोक्न सक्दैनौँ नयाँ पीडीँहरुले पनि बुझीदिने कुरा हो ।

 
संविधान बन्ने कुरा भइरहेको छ गीतसंगीतको क्षेत्रमा कस्तो अपेक्षा राख्नुभएको छ ?
राज्यबाट हामीले अहिलेसम्म पनि सहयोग पाएका छैनौँ र अब सहयोगको अपेक्षा पनि गरेका छैनौँ । यतिका वर्षमा बन्न नसकेको संविधान अब बन्छ भनेर पत्याउनु पनि नेपाली जनतालाई झुटो आश्वासन जस्तै भएको छ । अहिलेसम्म गीत संगीतको क्षेत्रमा जे भएका छन् जति भएका छन् हामी कलाकारहरुले नै गरेका छौँ । राज्यपक्षबाट हामीलाई कुनै सहयोगका हातहरु भएका छैन । राज्यले एउटा नीति नै बनाएर जानुपर्छ र संविधानमा उल्लेख गरी कार्यन्वयन गर्नुपर्छ ।

 

 

नयाँ यस क्षेत्रमा आउन खोज्नेहरुलाई के सल्लाह दिनुहुन्छ ?
प्रतिभा हरेक मानिसमा हुन्छ ।  त्यसलाई देखाउनु पनि पछ तर देखाउटी रुपमा मात्र होइन खुलाएर गर्नुपर्छ । आफ्नै प्रतिभा अनुसारको क्षेत्रमा लागि परेमा मात्र सफल भइन्छ । आफूमा जे छ त्यो प्रतिभालाई लुकाएर होइन खुलाएर अगाडि बढ्न सल्लाह दिन्छु ।

 

यस क्षेत्रलाई अगाडि बढाउन अब कस्ता कस्ता योजनाहरु बनाउनु भएको छ ?
अब चाडै नै अर्को एल्बम ल्याउने तयारी गर्र्दै छु । भर्खर मात्र विमोचन भएको नारी अस्मिता एल्बमको दोस्रो पार्ट निकाल्ने तयारी गर्दै छु । त्यस्तै नारी हक हितलाई समेटेर नयाँ नयाँ गीतहरु ल्याउने तयारी गर्दै छु ।
प्रकाशित मिति  : २०७१ मंसिर ८ गते

About The Author

Loading...

अन्य समाचारहरु: