२१ मंसिर, धादिङ–पृथ्वी राजमार्ग अन्र्तगत धादिङको धुषा गाँउ विकास समितिको वडा नं १ चरौदी बजारमा सोमबार दिउँसो बस र माईक्रो एक आपसमा ठोक्किदा ३ जनाको घट्नास्थलमानै मृत्यु भएको छ ।
काठमाण्डौबाट धरानको लागि छुटेको ना ५ ख ७०८३ नम्बरको याुत्रवाहक बस र काठामाण्डौं जादै गरेको ग १ ज ५४३५ नम्बरको माईक्रो एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
घट्ना स्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका छन् । घट्नाको विस्तृत विवरण आउन बाँकि छ । राजमार्गमा अहिले कुनै पनि अवरोध नरहेको प्रहरीले जानकारी दिएको छ ।