Sat. Jul 27th, 2024

उत्तरी धादिङको दुइवटा विद्यालय अनिश्चित कालका लागि बन्द

५ मंसिर, धादिङ – विद्यार्थीहरुले गुणस्तरीय शिक्षाको माग गर्दै उत्तरी धादिङको विभिन्न दुई ओटा विद्यालयमा विद्यार्थीहरुले ताला लगाएका छन् ।

 

विद्यार्थीहरुले दोङदेन माध्यमिक विद्यालयमा दक्ष शिक्षकको माग गर्दै कात्र्तिक ३० गतेदेखी ताला लगाएका छन् । विद्यालयमा अध्ययन गर्ने कक्षा ९ र १० का विद्यार्थीहरुले विद्यालयको व्यावस्थापन सुधारको साथै दक्ष शिक्षकको माग गर्दै ताला लगाएका हुन् ।

 

विद्यालय व्यवस्थापन समिति विद्यालयको शैक्षिक गुणस्तरप्रति जिम्मेवारी नभएको विद्यार्थीले आरोप लगाएका छन् । विद्यालय बन्द गराएर विद्यार्थीहरु आन्दोलनमा उत्रिसकेको भएपनि व्यवस्थापन समितिले कुनै चासो देखाएको तिप्लिङका नोरसाङ घलेले जानकारी दिनुभयो । आफुले राखेको माग पुरा नभए सम्म विद्यालयमा लगाईएको ताला नखोल्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।
त्यस्तै झार्लाङ गाउँ विकास समिति वडा नम्बर १ मा रहेको सिङ्लांदेवी माविमा विद्यार्थीहरुले अनिश्चित कालिन ताला बन्द गरेका छन् । प्रवेशिका परीक्षा नजिकीदै गरेको भन्दै विद्यार्थीहरुले रिक्त रहेको शिक्षकको साटोमा अर्को शिक्षक नल्याए सम्म ताला नखोल्न अडान राखेका छन् । विगत केहि समयदेखी कक्षा ९ र १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुको ५ वटा विषय शिक्षक नहुँदा रोकीएको विद्यार्थीले बताएका छन् ।

 

विद्यालय व्यावस्थापन समितिले खाली रहेको शिक्षकको स्थानमा अर्को शिक्षक नल्याएसम्म ताला नखोल्ने जनाएका छन् । कात्र्तिक २७ गते शिक्षक ल्याउने भनिएपनि आज सम्म पनि विद्यालयमा शिक्षक हाजिर नभएपछि विद्यार्थीहरुले आजबाट ताला लगाएका हुन् । शिक्षक अध्यापन गराउन आएपनि तलबमा विवाद भएपछि फर्केर जानी गरेको विद्यार्थी सुन्दर तामाङले बताउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: