Sat. Jul 5th, 2025

बहानैबहानामा बेचिन्छन नेपाली चेली

 mahila२२ मंसिर, काठमाडौं – आफ्नै दिदीले भारतमा बेच्न लैजालिन भन्ने कुरा उनले कल्पनापनि गरेकी थिइनन् । गत असोजमा दिदीसँग् घुम्न भनी उनी भारतको दिल्ली पुगेकी थिइन् ।

केही दिन दिदीको परिवारसँग घुमिन । केही दिनपछि दिदीले चिनेजानेको आफन्तको घरमा एकछिन बस्न भन्दै छाडेर हिँडिन । केही दिनपछि कलकत्ता घुम्न जाने भन्दै त्यहाँ पुर्‍याइयो । त्यहाँको एक होटलमा एकछिन बस्न भनेकी दिदी गायब भईन ।

पछि नेपाली दिदीबहिनीकै सहारामा माइती नेपाललाई खबर गरेपछि उनको कात्तिकमा उद्धार भयो । उनी अहिले माइती नेपालको सहारामा छिन् । साथमा तीन वर्षको बच्चासमेत रहेकी उनका पति वैदेशकि रोजगमार रहेको नागरिकमा खबर छ । माइती नेपालले उनलाई पुर्नमिलन गराउने तयारी गरिरहेको छ । रमिला भने अब कसरी पतिसँग भेट्ने, के भन्ने भनेर चिन्तामा डुबेकी छन् । ‘अहिलेसम्म भेट भएको छैन्, अब के हुन्छ ?’ उनले भनिन दोषीलाई कारबाही गर्न माइती नेपालले पहल गर्न लागेको उनले बताइन् ।

काभ्रेकी गीता शर्मा (नाम परिवर्तन)लाई भने घरेलु हिंसाका कारण बेचिने अवस्थामा पुर्‍यायो । श्रीमानको अत्याचार सहननसकेपछि काठमाडौं आएकी उनी होटलमा काम गर्दै गर्दा राजेशसँग भेट भयो । राजेशले प्रकाशलाई भेट गराए ।

प्रकाशसँग भेट गराउनुको कारण उनलाई दिल्लीमा राम्रो नोकरी लगाइदिनु थियो । प्रकाशले आफ्नै श्रीमती भनेर दिल्ली लैजाँदै गर्दा माइती नेपालले सोधपुछ गर्नेक्रममा उनी फरार भए । गीता पनि नघर, नपरिवार, नछोराछोरी, नसम्पत्ति सबै गुमाएर माइती नेपालकै शरणमा छिन् ।

आफू बेचिनबाट बचेपनि प्रकाशले अरु चेलीलाई बेच्ने हो कि भन्ने उनलाई पीर लागेको छ ।
माइती नेपालको आँकडा अनुसार सन् २०१५ मा ४४ जना बेचबिखन र बेचबिखनको जोखिममा परेका महिलाको उद्धार गरिएको छ।

About The Author

अन्य समाचारहरु: