Sat. Jul 27th, 2024

मिस नेपाल लन्डनमा, छोरी देखेर भक्कानिइन् आमा

लन्डन – मिस नेपाल सुविन लिम्बु बिहीबार विहान लन्डन उत्रिएकी छिन् । मिस वर्ल्ड २०१४ मा भाग लिन थाइ एयरवेजबाट लन्डन टर्मिनल टु उत्रंदा उनलाई आमाबाबु सहित कयौं भूपू गोर्खाहरुले न्यायो स्वागत गरे ।

MissNepalSubin_20141120081514

करिब अढाई वर्षपछि छोरी भेट हुंदा आमा मिनाकुमारी अंकमाल गर्दै भक्कानिइन्, आंखा रसाए । सञ्चो विसञ्चो आदानप्रदान भयो । सुविनका बाबु ५२ वषर्ीय भूपू गोर्खा काजीमान लिम्बु छोरी भेट्न पाएर प्रसन्न भए । सुविनलाई बाबु काजीमानले मिस वल्र्डमा सफलता मिलोस् भन्दै अगि्रम शुभकामना पनि दिए । भूपू गोर्खा परिवारकी माइली छोरी सुविनको आवासीय अधिकार नहुंदा बसाइ छिन्न भिन्न छ ।

‘धेरै बस्न त पाइएन तर लामो समयपछि छोरी भेटेर खुशी छौ’, उनले इकान्तिपुरसंग भने, ‘आज एजेन्टले सिधै सेन्ट्रल लन्डन लगे । पछि हामी होटलमै भेट्न जान्छौं ।’

सुविन अन्य विश्व सुन्दरीहरुकै साथ होटल मेरियटमा बस्नेछिन् । केही दिनपछि उनीहरुको बन्द प्रशिक्षण सुरु हुनेछ ।

६४ औं मिस वल्र्ड २०१४ आगामी डिसेम्बर १४ मा लन्डनस्थित एक्सेलमा हुंदैछ जसमा विश्वभरका एकसय ६४ जनाले प्रतिष्पर्धा गर्दैछन् । मिस नेपाल सुविनले यसपटक मिस वल्र्डको ट्यालेन्ट राउण्डमा नेपालको प्रतिनिधित्व गर्दै लिम्बु समुदायको पहिरन मेख्ली लगाउने छिन् जुन गत सोमबार राजधानीमा सार्वजनिक भएको थियो ।

विश्व सुन्दरीहरु प्रतिस्पर्धाका लागि लन्डन उत्रने क्रम शुरु भइरहंदा मिस होण्डुरस १९ वर्षीया मारिया जोसे अल्भाराडो र उनकी दिदीको हत्या भएको खवरले आयोजक र सुन्दरीहरु विक्षिप्त छन् । मिस वल्र्ड अध्यक्ष जुलिया मोर्ले सहित आयोजकले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

(ई-कान्तिपुर अनलाइनबाट साभार )

About The Author

Loading...

अन्य समाचारहरु: