प्रमुख दल र मोर्चाको शीर्षस्तरीय वार्ता निष्कर्षविहीन

माघ ७, २०७२

4-party-meeting-1-650x311७ माघ,  काठमाडौँ  – तीन प्रमुख दलका शीर्षनेता र संयुक्त मधेसी मोर्चाका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।

मोर्चाले संविधान संशोधनलगायत अन्य विषयको समाधान ‘प्याकेज’ मै गर्न अडान राखेपछि सहमति हुन नसकेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बताए ।

सरकार मधेसको समस्या समाधानका लागि गम्भीर रहेको बताउँदै उपप्रधानमन्त्री गच्छदारले वार्ताबाटै समाधान खोज्ने प्रयास जारी रहने जानकारी दिए । वार्ताबाट बाहिरिने क्रममा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन गर्न नसक्ने र संशोधन भए पनि मधेसका समस्या समाधान नहुने टिप्पणी गरे ।

उनले भने, “चार महिनाअघि जे छलफल भएको थियो आज पनि त्यही विषयमा छलफल भयो । वार्ताले गति लिन सकेन ।” अध्यक्ष यादवले सरकारले महङ्गी, कालोबजारी र भ्रष्टाचार रोक्न नसकेको आरोप पनि लगाए ।

वार्तामा तीन दलका शीर्षनेता र मोर्चाका तर्फबाट अध्यक्ष यादव र तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी र सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्ण वार्तामा सहभागी थिए । मोर्चासँगको वार्ता सकिए पनि बालुवाटारमा पाँच दलको बैठक भने चलिरहेको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ