पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
वीरगञ्ज । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई निजको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार […]
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका कार्य मानव अधिकारमैत्री ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । रसुवा, […]
बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरुले आफूखुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसो नगर्न सम्बन्धित […]
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
काठमाडौ । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितको सम्झना तथा मेलमिलाप दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो । उक्त प्रस्तावमार्फत सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका […]