काठमाण्डौ -१४२ बर्षसम्म बिश्वको सवैभन्दा ठूलो अर्थतन्त्रका रुपमा एकछत्र राज गरेको अमेरिकालाई चीनले पहिलोपटक उछिनेको छ ।
इन्टरनेशनल मनिटरी फण्ड (आइएमएफ)ले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चीनले अमेरिकालाई उछिन्दै बिश्वको सवैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।
चीनको अर्थतन्त्र पछिल्लो बर्ष १७६ खर्व अमेरिकी डलरको पुगेको छ भने अमेरिका १७४ खर्व डलरमा सिमित भएको छ ।
यो तथ्याङ्कअनुसार चीनले अब बिश्व अर्थतन्त्रको १६ दशमलव ५ प्रतिशत हिस्सा ओगटेको छ भने अमेरिकाले १६ दशमलव ३ प्रतिशत मात्र ।
एक दशकअघिसम्म पनि अमेरिकाको उत्पादन चीनको भन्दा तीन गुणा बढि थियो । सन् १९८० मा चीनको अर्थतन्त्र अमेरिकाको भन्दा दश गुणा सानो थियो ।
(अनलाइन खबरबाट साभार)
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
