Sat. Jul 5th, 2025

गोकर्नेश्वर आईडलको अडिशन सकियो

IDEAL१८ माघ, धादिङ – नेपालको पहिलो नगरपालिका स्तरीय गायन नृत्य र अभिनय बिधाको गोकर्नेश्वर आईडलको अडिशन जोरपाटीको जय नेपाल कला केन्द्रको हलमा सम्पन्न भएको छ ।

जोरपाटीमा भएको अडिसनमा पीस नेपाल एकेडेमी, पर्ल्स ईङ्लीस स्कुल,जोन एकेडेमी , आईलेन्स हाई स्कुल , बुद्ध एकेडेमी र बिध्या सागर स्कुलको सह भागीता रहेको थियो । नृत्य तर्फ अन्जली लामा,यालीशा कार्की,सोनी लामा ,रश्मी घीसिङ,पेमा लमु शेर्पा र मनीशा तामाङ छनोट भये भने अभीनय तर्फबाट सेमसङ लामा,समीर लामा,सुमीता घीमीरे र नबिन खाड्का र गायन तर्फ भबेश घिसिङ,भाईचुङ भोटे,याङ्चेन शेर्पा, कुशल तामाङ र शुशानी तामाङ अर्को चरणको लागी छनोट भयेका छन ।

कार्यक्रम सन्चालन रमा कार्की ले गर्नु भयेको थियो भने कार्यक्रमका प्रमुख निरणायक चुडामणि फुयाल हुनु हुन्थियो । कार्यक्रममा बिजयी हुने बिद्धार्थी लाई नगद १०,०००र( सहित सम्मान गरिने र सो कार्यक्राम को प्रत्यक्ष प्राशारण राष्ट्रिय ट्लिभिजनमा गरीने आयोजक संस्थाका अध्यक्ष सुदर्शन बजगाईले बताए । सो कार्यक्रम युवा हरुको लोकप्रिय संस्था आशा द होप फाउन्डेसन र बाल संरक्षण समितीले सम्युक्त रुपमा आयोजना गरेको हो ।

कार्यक्रममा आर्को चरणमा छनोटमा पर्न सफल बिधालयका बिद्धार्थीलाई आशाका अध्यक्ष सुदर्शन बजगाईले मन्तव्य दिदै अर्को चरणको लगी थप मेहेनत गर्न शुभकामना दिएका थिए। कार्यक्रमको ग्रान्ड फीनाले फाल्गुण अन्तीम साता सबै अडीशन बाट उत्कृस्ठ १० छनोट गरी हुने आयोजकले जानकारी दिएका छन् । ।

About The Author

अन्य समाचारहरु: