सुन महँगियो

मंसिर २५, २०७१

२५ मंसिर, काठमाडौ- बिहेको सिजन चलिरहेका बेला सुन झन् महँगिएको छ । सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार सुनको भाउ एकै दिन १ हजार २ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले त्यसको असर यहाँ परेको व्यवसायी बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन ३२ अमेरिकी डलरले बढेको छ ।

मंगलबार प्रतिऔंस १२ सय अमेरिकी डलरमा कारोबार भएको सुन बुधबार १२ सय ३२ डलरमा

No data was found

कारोबार भएको छ । महासघका अनुसार बुधबार प्रतितोला छापावाला सुन ५२ हजार ३ सय ९दस ग्राममा ४४ हजार ८ सय ४०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार प्रतितोला ५१ हजार १ सय ९दस ग्राममा ४३ हजार ८ सय १०० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर बजारमा गिरावटसँगै लगानीकर्ता सुरक्षित लगानीतर्फ आकर्षण भएकाले पनि घटेको व्यवसायीहरू बताउछन् । अन्तर्राष्ट्रिय बजारमा सेयर मार्केट घट्ने क्रममा छ ।

लगानी सुरक्षित गर्न उपभोक्ताहरू सुनमा आकषिर्त भएका छन्, महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले

भने, यसले गर्दा भाउ बढेको हो । उनले युरोका तुलनामा डलर केही कमजोर भएकाले पनि भाउमा असर गरेको बताए ।

सुनको भाउ अस्थिर भएको केही दिन उत्तारचढाव हुने व्यवसायीहरू बताउँछन् । यस्तै, चाँदीको भाउ पनि २५ रुपैयाँले बढेको छ ।

(इ-कान्तिपुर अनलाइनबाट साभार)

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

बाढी प्रभावितलाई चिनियाँ सहयोग

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः  सञ्चारमन्त्री

यो पनि पढ्नुहोस