७ बैशाख, मुम्बइ – मुम्बइको जेजे अस्पतालले निकालेको रिपोर्टबाट आत्महत्या गरेकी प्रत्यूषा बनर्जी (आनन्दी) गर्भवती भएको पुष्टि भएको छ। उक्त अस्पतालका चिकित्सको रिपोर्ट अनुसार २४ वर्षीया प्रत्यूषाले आत्महत्या गर्नु एक दिन अगाडि अबोर्सन गराएकी थिइन्।
प्रत्यूषाको आत्महत्या पहिले पनि चिकित्सकहरुले उनी गर्भवती भएको दाबी गर्दै आएका थिए। यता, जेजे अस्पतालले प्रत्यूषाको शरीरको तन्तुलाई सुक्ष्म तरिकाले परीक्षण गरेपछि उनी गर्भवती भएको रहस्य खुलेको हो।
यस्तै एउटा अंग्रेजी पत्रिकाले पनि उनी एक महिना पहिले नै गर्भवती भएको दाबी गर्दै आएको थियो। उनको शरीरको तन्तुमा परीक्षण गरिसकेपछि ‘युट्रस सेकेन्डरी इन्फेकसन तथा इन्जरी भेटिएको थियो, जुन महिलाको गर्भ हटाउने बेलामा देखिन्छ।’
चिकित्सका अनुसार यस्तो इन्जरी कुनै पनि महिलाले गर्भपतन गराईसकेपछि देखिन्छ।अर्थात चिकित्सको परीक्षणले प्रत्युषा आतमहत्या गर्नु अघि गर्भपतन गराएकी थिइन्।एजेन्सी