१६ बैशाख, धादिङ – धादिङका युवा गायक श्याम शितलको लोकदोहरी गीत सम्झि रुदाँ रुदाँ बजारमा आएको छ ।
शितल म्युजिक प्रालिले बजारमा ल्याएको गीतमा श्याम शितल, देवी घर्ती र कुसुम क्षेत्रीले आवाज दिएका छन् । लय शब्द भने श्याम शितलको नै रहेको छ ।
धादिङको नीलकण्ठ नगरपालिका ४ मा जन्मिएका युवा गायक शितलले लोकदोहरी तथा आधुनिक गरी ७ वटा एल्बमहरु बजारमा ल्याइसकेका छन् । तिमीलाई सम्झिएर कति रात काटिसके, म त रात बिनाको जुन भएँ लगायतका गीतबाट उनले चर्चा कमाइसकेका छन् ।
https://www.youtube.com/watch?v=2_y594x5sFo&feature=youtu.be