Sat. Jul 5th, 2025

धादिङमा रक्तदाताहरुको समाज गठनसंगै रक्तदानमा उल्लेख्य सहभागिता

blood-donationरामचन्द्र रुपाखेती / २२ जेठ,  महादेववेशी (धादिङ ) –  नेपाल स्वयंसेवी रक्तदाता समाज धादिङको प्रथम जिल्ला अधिवेशन तथा रक्तदान कार्यक्रम शनिबार थाक्रे ३ महादेववेशीमा रहेको जनजागृति उमाविमा सम्पन्न भएको छ ।

नेपालमा हजारौ स्वयंसेवीहरुले निशुल्क रक्तदान गर्ने तर स्वयं आफैलाई पर्दा एवं पहुँच नपुग्ने, निमुखा जनताहरुले रगत नपाएर दुखान्त घटनासमेत व्यहोर्नुपरेको वास्तविकतलाई मध्यनजर गदै नेपाल रक्तदाता स्वयंसेवी समाजको गठन भई हाल विभिन्न जिल्ला तथा निकायमा यसको शाखा विस्तार गर्ने क्रममा धादिङमा समेत शाखा समिति गठन गरेको हो ।

समाजले रक्तदाताहरुको नेटवर्क विस्तार गरि आपतकालिन अवस्थामा नेटवर्क भित्रबाटनै रक्तदाता समुहको पहिचान भई रगतको अभाव न्यूनिकरण गर्न मद्दत पुग्ने साथै रगत वितरणको जिम्मा पाएको निकायलाई समेत निशुल्क सवै जनतालाई प्रयाप्त रगत प्रदान गर्न दवाव दिनुपर्ने आवश्यकता र सम्वन्धित निकायमा संधै छैन भन्ने वढ्दो संस्कृतिलाई खवरदारी गर्न यो संस्था देशभर पुर्याउन लागिएको कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल रक्तदाता स्वयंसेवी समाजका केन्द्रिय अध्यक्ष पे्रम सागर कर्माचार्यले बताए ।

रक्तदाताहरु आफुले दिएको दान कहाँ र कसरी प्रयोग भईरहेको छ भन्ने कुरामा समेत चनाखो हुनुपर्ने वेला आएको र सम्वन्धित निकायले रगतको आवश्यक वितरण प्रणाली वैज्ञानिक बनाउन नसक्दा कतिपय दाताहरुले दिएको रगत नालीमा फाल्ने गरेको कुरा समेत कर्माचार्यले बताए ।

सम्पन्न अधिवेशनले विनोद लुइटेलको अध्यक्षतामा १३ सदस्यि कार्यसमिति र राजिब लामा को संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समिति चयन गरेको छ । जसमा रामचन्द्र रुपाखेती , ध्रुव रुपाखेती, सुजन थापा क्रमस उपाध्यक्ष, सचिव र कोषाध्यक्ष चयन गरेको छ । अधिवेशनकै अवसरमा समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ४७ जना रक्तदाताहरुद्धारा रगत दान गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: