Fri. Jul 4th, 2025

आकाश र ज्योत्स्नाको रोमान्समा सुस्मिता बाधक बनेपछि… (भिडियोसहित)

ma-ta-timrai-hoon२६ जेठ,  धादिङ – अनमोल केसीको व्यानरमा आमा सुस्मिता केसीले निर्माण गरेको फिल्म म त तिम्रै हुँ को रोमान्स र पिडा भरिएको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक भव्य कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा नायक र नायिकाबीचको प्रेम, रोमान्स, रोदन समेटिएको छ भने प्रेमीकासँगसँगै अर्की महिलासँगको मायामा युबक परेपछिको अवस्था ट्रेलरमा व्यक्त गरिएको छ । ट्रेलर हेर्दा फिल्म त्रिकोणात्मक लभस्टोरीमा आधारित रहेको बुझिन्छ ।

फिल्मको निर्मातामा सुवास थापाले सघाएका छन् । साउन ७ बाट प्रदर्शनमा आउन लागिएको सो फिल्मको श्रीराम महत निर्देशन गरेका छन् । फिल्मको ट्रेलर तथा गीतमा समावेश लोकेशन तथा सिनेमाटोग्राफीले तारिफ योग्य छ ।

नयाँ अनुहारहरुको बाहुल्यता रहेको फिल्ममा आकाश श्रेष्ठ, ज्योत्स्ना योगी, सुस्मिता केसी, जीवन भट्टराई, सुशन खड्का, अनुपम श्रेष्ठ, अर्जुन खड्का लिड अभिनयमा छन् ।

भिडिया हेर्नुहोस्

https://www.youtube.com/watch?v=fNWaT0NFZjM

About The Author

अन्य समाचारहरु: