Sat. Jul 5th, 2025

शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउने धादिङका तिन सामुदायिक विद्यालयलाई चिल्ड्रेनपार्कको सम्मान ( फोटोसहित )

13439140_1009127739164284_6645985463886510255_n
 अस्मिता खतिवडा / १३ असार,  धादिङ –   चिल्ड्रेनपार्क आवासिय उच्च माध्यामिक विद्यालय धादिङबेशीले एसएलसी परिक्षा २०७२ मा सर्वोत्कृष्ट नतिजा सहित उत्तिर्ण आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

13438845_1009128689164189_3433302873058538132_n

विद्यालय व्यवश्थापन समितीका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डेको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न बधाई, सम्मान तथा शुभकामना  कार्यक्रमका विच विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

13533328_1009126802497711_4682077075569757247_n

कार्यक्रमकै अवसरमा चिल्ड्रेनपार्क आवासिय उच्च माध्यामिक विद्यालयले, शिक्षा क्षेत्रमा पु¥याएको उल्लेखनिय योगदानको कदर गर्दै  धादिङका तिन सामुदायिक विद्यालयहरुलाई समेत ताम्रपत्रद्धारा सम्मान समेत गरेको छ । सम्मानीत हुने विद्यालयहरुमा पशुपती माध्यामिक विद्यालय सांकोष, सुनौलो भैरबी माध्यामिक विद्यालय तल्लोबेशी र सरस्वती उच्च माध्यामिक विद्यालय धुंवाकोट रहेका छन् ।

13537788_1009129612497430_2620565812818894010_n

कार्यक्रममा विद्यालय व्यवश्थापन समितीका प्रमुख सल्लाहाकार विष्णु कुमार श्रेष्ठ, निलकण्ठ उच्च माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक बाबुराम अधिकारी, सिपी कलेजका अध्यक्ष शान्त विक्रम बानीया लगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

13495286_1009130359164022_7041999708330435628_n

About The Author

अन्य समाचारहरु: