Sat. Jul 5th, 2025

सल्यानटार युवा विकास समाजद्धारा सार्वजनिक शौचालय निर्माण

salyantar-tiolet -4शिवनारायण गिरी / १५ असार, सल्यानटार (धादिङ)- धादिङको सल्यानटार गााउ विकास समितिको वडा नं १ पानीट्याङकीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

सल्यानटार युवा विकास समाज, जिल्ला विकास समिति धादिङ र स्थानीय सहायक विकास मन्त्री रेशम लामाको पहलमा शौचाालयको निर्माण गरिएको हो ।

salyantar-toilet-1

शौचालयको बुधबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । २ लाख ३०हजारको लगानीमा निर्माण गरिएको सार्वजनिक शैचालयको शैक्षिक परामर्शदाता एवम् समाजसेवी भरत ढकालले उद्घाटन गरे ।

सल्यानटार युवा विकास समाजका अध्यक्ष ध्रुव शिलवालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।

salyantar-toilet-2

हातमा हातमाथि हातको आवश्यकता, समाज विकासमा युवाहरूको प्रतिवद्ता भन्ने नारा सहित स्थानपन गरिएको
यस सल्यानटार युवा विकास समाजले आगामी दिनहरूमा सल्यानटारको सम्पूर्ण वडामा सार्वजनिक शैचालय निर्माण गरी गाविसलाई नै खुलादिशा मुक्त क्षेत्र घोषणा गर्ने अध्यक्ष शिलवालले जानकारी दिए ।

salyantar-toilet-3

About The Author

अन्य समाचारहरु: