२० असार, धादिङ – धादिङ समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिका वडा वडा नम्बर ३ स्थित पुछार बजारमा अपांगमैत्री शौचालय निर्माण गरिएको छ । शौचालयको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।
धादिङबाट बैदेशिक रोजगारको क्रममा कोरियामा रहेका युवाहरुको आर्थिक सहयोगमा निर्माण भएको अपाङमैत्री शौचालयको नीलकण्ठ नगरपालिका कार्यकारी अधिकृत देवराज चौलागाईले व्यानर तानेर र रिवन काटेर उद्घाटन गरे । धादिङ समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष शुर्दशन खतिवडाको अध्यक्षता र नीलकण्ठ नगरपालिका कार्यकारी अधिकृत देवराज चौलागाईको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा निर्माण समितिका अध्यक्ष भरत बहादुर थापा क्षेत्री, टोल सुधार महासमितिका अध्यक्ष कुमार कार्की, टोल सुधार समितिका महासचिव तेज प्रसाद लामिछाने,समाजसेवी बलराम श्रेष्ठ, धादिङ समाज दक्षिण कोरियाका महासचिव बलराम पाठक, धादिङ समाज कोरियाका सदस्यहरु सुमन सिंखडा, सोमराज उपाध्यय लगायत समाजसेवी, बुद्धिजीवि लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।
कुल लागत १६ लाख ४८ हजार ९ सय ३४ रुपैयामा निर्माण सम्पन्न भएको शौचालयको निर्माण कार्य वि.स २०७२ साल मंसिरबाट निर्माण कार्य सुरु गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर अधिकृत देवराज चौलागाईले पैसा कमाउन गएका दानवीरबाट यस्तो समाजिक काम हुन प्रशंसनीय काम भन्दै उनले धादिङ समाज दक्षिण कोरीयालाई धन्यवाद दिए । श्रम बेच्नको लागि गएका युवाहरुको यस्तो उदाहरणीय काम अरु युवाहरुले पनि सिक्नु पर्ने भनाई राखे । जिल्लाको अस्तव्यस्त स्थानमा यस्तो सुविधान सम्पन्न शौचालय हुनुले धादिङबेसीको मुहारै परिवर्तन हुने बताए ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाले धादिङ समाज दक्षिण कारिया संस्था र चार जना सदस्यहरुलाई प्रशंसापत्रबाट सम्मान गरेको छ भने धादिङ समाज दक्षिण कोरियाले पनि शौचालय निर्माणको क्रममा सहयोग गर्ने १२ जनालाई प्रशंसा पत्रबाट सम्मान गरेको थियो भने कोरियाबाट फर्केका ८ जना युवाहरुलाई धादिङ समाज दक्षिण कोरियाले प्रशंसापत्रबाट सम्मान गरेको पुर्व उपाध्यक्ष मनोज थापाले जानकारी दिए ।