Sat. Jul 5th, 2025

धादिङ स्वास्थ्य समाजद्धारा प्रकाशित ‘स्वास्थ्य दर्पण’ नामक पुस्तकको विमोचन

Smarica

२३ असार धादिङ– धादिङ स्वास्थ्य समाजद्धारा प्रकाशित धादिङ स्वास्थ्य दर्पण–३ को विहिबार विमोचन गरिएको छ । स्वास्थ्य सम्बन्धी चेतनामुलक सुचना प्रवाह गर्ने उद्येश्यले प्रकाशन गरिएको पुस्तकको विहिवार एक कार्यक्रमका विच विमोचन गरिएको हो ।

पुस्तक विमोचन गर्दै जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवं कार्यक्रमका प्रमुख अतिथी जीवन कुमार मल्लले स्वास्थ्य हाम्रो अधिकार नभएर हाम्रो जिम्वेवारी पनि भएको बताए ।

नागरिकमा आफ्नो अधिकारका लागि अघि बढ्नुपर्छ भन्ने चेतना बढ्दै गए पनि आफ्नो दायित्व वा जिम्वेवारी पनि वहन गर्न तिर ध्यान गइनसकेको परिवेशमा संस्थाले जिल्लाका वस्ती वस्तीमा संचालन गरेका जनचेतनामुलक कार्य तथा प्रकाशनहरु अत्यन्तै महत्वपुर्ण रहेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

धादिङ स्वास्थ्य समाजले हरेक २ वर्षमा सन्देशमुलक पुस्तक प्रकाशन गर्दै आएको सचिव कृष्ण लाल उप्रेतीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: