२९ असार, धादिङ – आदिकवि भानुभक्त आचार्यको २ सय ३ औ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
दिवसको अवसरमा सदरमुकाम धादिङबेसीमा रहेको भानु पार्कमा भानु प्रतिष्ठान र धादिङ साहित्य समाजको आयोजनामा भानु दिवस मनाइएको छ । कार्यक्रममा विभिन्न साहित्यकारहरुले भानुको महिमा र गुणगान सहितको रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकार टि. एन गोपिकृष्ण अधिकारीले लेखेको श्रीमत भावत महापूराणको पनि विमोचन गरिएको छ ।
साहित्यकार नविनबन्धु पहाडिको अध्यक्षतामा भएको कार्यक्रममा धादिङका विभिन्न साहित्यकारहरु, राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थीहरुको उपस्थिति थियो ।
वि सं १८७१ मा तनहुँको चुँदी रम्घामा पिता धनन्जय आचार्य र माता धर्मावतीदेवीको पुत्रका रुपमा आदिकवी भानुभक्त आचर्यको जन्म भएको थियो ।
उनले नेपाली भाषा तथा साहित्यको इतिहासमा निकै ठुलो योगदान पुयाएका छन् । आदिकवी भानुभत्त आचार्यका प्रश्नमाला, राम गिता, बधु शिक्षा लगायतका दर्जनौ अजर अमर कृतिहरु प्रकाशित छन् । उनले नेपाली भाषा साहित्यको इतिहासमा नेपालीहरुका माझ कहिल्यै नविर्सने गुन लगाएका छन् ।