११ साउन, धादिङ – पुनः निर्माणको तयारीमा रहेका जनतालाई भुकम्प प्रतिरोधात्मक घर बनाउन सहयोग प¥याउन संचार माध्यमको दायित्व भएको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट एनसेटका खड्ग सेन ओलीले बताएका छन् ।
जोखिमका विषयमा जनतालाई सुशुचित गर्ने दखि समस्यासंगै समाधानका विषयमा पनि गाउँ ठाउँ सम्म जानकारी पु¥याउनु संचार माध्यमहरु पत्रपत्रिका, रेडियो, टेलिभिजनको दायित्व भएको ओलीले बताए । पुनः निर्माणमा मिडिया तथा संचार माध्यमको भुमिका विषयक मंगलबार धादिङबेशीमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा उनले संकटमा रहेका जनतालाई उपयोगी शिक्षा दिनु संञ्चार माध्यमको जिम्वेवारी भएको बताए ।
एनसेटका ओलीले भुकम्पले पु¥याएको क्षति मध्ये ८० प्रतिशत क्षति भवन संरचनाका कारण भएको बताए त्यसैले पनि अबको पुनः निर्माण भुकम्प प्रतिरोधात्मक हुनेपर्ने भन्दै यसमा मिडियाको भुमिका महत्वपुर्ण हुने विषयमा उनले जोड दिए । अमेरीकी विकास नियोग युएसएआइडीको आर्थिक सहयोगमा भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ल्क्भ्त् ले धादिङको सेर्तुङ, तिप्लिङ, मार्पाक, ज्याम्रुङ, खाल्ट,े धुँवाकोट, कल्लेरी लगायतका विभिन्न ११ गाविस र निलकण्ठ नगरपालिकामा सुरक्षित पुनर्निर्माणका लागि बलियो कार्यक्रम संचालन गरिरहेको छ ।
धादिङका विभिन्न टोल बस्तीहरुमा स्थानीय स्तरमै प्राप्त गर्न सकिने सामाग्रीहरु प्रयोग गरेर कसरी बलियो घर बनाउने भन्ने विषयमा अभिमुखिकरण भैरहेको भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट एनसेट धादिङका प्रमुख प्रमोद खतिवडाले बताए । गाविस स्तरमै रहेर काम गर्न इञ्जिनीयर र सामाजिक परिचालकको टोलीले गाउँगाउँमा गएर बलियो घर बनाउने प्रविधि तथा बलियो घर निर्माणका विभिन्न तरिका र चरणका बारेमा पनि जानकारी गराईरहेको पनि खतिवडाले जानकारी गराए ।