१६ साउन, धादिङ – हरियो वन कार्यक्रम अन्र्तगत जलबायू परिवर्तन अनुकुलता र विपत व्यवस्थापन सम्बन्धि संकटासन्नता तथा क्षमता विश्लेषण सम्बन्धि ३ दिने तालिम फुलखर्क गा.वि.स.वडा नं २ को मण्डली उ.मा.वि.मा आईतबार सम्पन्न गरिएको छ ।
युएसएआईडीको आर्थिक सहयोगमा केयर नेपाल र सहयात्री समाज नेपालको साझेदारीमा तालिम संचालन गरिएको हो ।
तालिममा स्थानिय विपत जोखिम व्यवस्थापन समितिको जम्मा ३२ जनाको सहभागिता रहेको थियो । तालिममा विपत व्यवस्थापन र जलवायू परिवर्तन, विषयगत क्षेत्रमा परेका प्रभावहरु, प्रकोप नक्सांकन, संस्थागत विश्लेषण, ऐतिहासिक समय रेखा, मौसमी पात्रो, प्रकोप पात्रो, प्रकोप विश्लेषण, प्रकोप स्तरिकरण् , वडा स्तरिकरण ,परिस्थितिय प्रणालीमा परेको प्रभाव, योजना निमार्ण र संकटाशन्नता तथा क्षमता विश्लेषणका औजारहरु का विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा केयर नेपालका नविन ढुंगाना ,सहयात्री समाज नेपालका कार्यक्रम व्यवस्थापक रमेश अधिकारी र हरियो बन कार्यक्रमका कार्यक्रम संयोजक सुजन राजभण्डारीले सहजीकरण गरेका थिए ।