१८ साउन, धादिङ – धादिङको चैनपुर गाँउ विकास समिति वडा नम्वर ४ र ५ स्थित सालबासमा बाँदर आतङ्क मच्चिएको छ ।
विगत १ हप्तादेखि करिब २ सय को समूहमा बाँदरहरु गाँउमा प्रवेश गरेर खेतबारीमा लगाएको मकै तथा अन्नबाली खाएर नष्ट गरिदिने गरेको स्थानीयले बताएका छन् । बाँदरले यसरी दुख दिन थालेपछि गाँउलेहरु मिलेर पालैपालो पाले बस्न नै थालेका छन् । तर बाँदर आएको समयमा बाँदरलाई लखेट्न जाँदा मान्छेलाई नै आक्रमण गर्ने गरेको स्थानीय दिनेश श्रेष्ठले जानकारी दिए ।
गाँउमा बाँदर आँतक दिनदिनै बढ्न थालेपछि स्थानीयले हैरानी खेप्नुपरको गाँउबासीले गुनासो गरेका छन् । यसैगरी गाँउबासीलाई बाँदरले दिनानुदिन दुख दिन थालेपछि सहयोगका लागि अपिल गरेका छन् । गाँउमा यो भन्दा १ वर्ष अघि पनि यसरी नै बाँदरले गाँउमा पसेर दुख दिने गरेको श्रेष्ठले बताए ।