Fri. May 16th, 2025

नेदरल्याण्डविरुद्ध खेल्ने नेपाली टोली घोषणा

Nepali-Cricket-Team

१९ साउन,  धादिङ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध हुने खेलका लागि राष्ट्रिय क्रिकेट टोली छनोट भएको छ। नेपाली टोली पारस खड्काको नेतृत्वमा नेदरल्याण्ड्सविरुद्ध उसकै घरेलु मैदानमा साउन २९ र ३१ गते खेल्दै छ।

ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, राजु रिजाल, करण केसी,  अनिल मण्डल, सन्दिप लामिछाने, बिक्रम शोब, राजेश पुलामी मगर र सुनिल धमला टोलीमा रहेका छन्।

बेलायतमा भ्रमणमा गएको टोलीमा सामान्य हेरफेर गर्दै नेदरल्याण्ड्सविरुद्ध खेल्ने टोली छानिएको हो।

बेलायत यात्रामा राम्रो प्रदर्शन गर्न नसकेका सुवास खकुरेल टोलिबाट बाहिरिएका छन् भने उनको स्थानमा सुनिल धमलाले अवसर पाएका छन्।

About The Author

अन्य समाचारहरु: