Thu. May 15th, 2025

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति :२०७३/०४/२७

ICDC Logo.
एकिकृत सामुदायिक बिकास अभियान ICDC Nepal धादिङद्धारा गरिबी निवारण कोष संगको साझेदारीमा धादिङको कटुन्जे, सुनौलाबजार, र कल्लेरी गा.बि.स. मा सञ्चालन गर्दै आएको गरिबी निवारण कार्यक्रमको लागि तल उल्लेख गरे बमोजिमको कर्मचारी आवश्यकता परेकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट प्रथम पटक सुचना प्रकाशित भएको मितिले (७) सात दिन भित्र आवश्यक शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्र, दुईप्रती फोटो, नागरिकताको प्रतिलिपि र बायोडाटा सहित आवेदन दिनुहुन अनुरोध गरिन्छ ।

बिज्ञापन नं : ICDC-01-073-74

पद : प्राबिधिक

संख्या : १ जना

प्रमुख जिम्मेवारी : 

  पूर्वाधार योजनाको डिजाईन इस्टिमेट र मूल्याङ्कन गर्ने
  मासिक, चौमासिक र बार्षिक योजना निर्माण तथा कार्यान्वयनमा सहयोग गर्ने
  खानेपानी, सेल्टर,साना पूर्वाधार बिषय सम्वन्धी तालिम सहजीकरण कार्यान्वयनमा सहयोग गर्ने
–  मासिक, चौमासिक तथा बार्षिक प्रतिवेदन तयारी गर्ने

आवश्यक शैक्षिक योग्यता
–  कम्तीमा ओभरसियर  (OVERSEER) पास गरेको
–  पूर्वाधार निर्माण क्षेत्रमा कम्तीमा एक बर्षको अनुभव भएको
–  समुदाय परिचालन र सहजीकरण गर्ने सिप भएको
–  कम्प्युटरमा राम्रो दख्खल भएको

करार अवधि : १ वर्ष
परिक्षण अवधि : ३ महिना
पारिश्रमीक : संस्थाको नियमानुसार हुने छ ।
दरखास्त बुझाउने ठेगाना : एकिकृत सामुदायिक बिकास अभियान ICDC Nepal धादिङ
नीलकण्ठ नगरपालिका– ८ बगैचा (केन्द्रीय कार्यालय)
ईमेल :icdcdhading@gmail.com
दरखास्त बुझाउने अन्तिम मिति : २०७३।०५।०१ गते, कार्यालय समय सम्म
नोट : दलित, जनजाती, महिला, तथा अल्प संख्यकलाई बिशेष ग्राह्यता दिईने छ । प्रारम्भिक छनौटमा परेका उमेद्वारहरुलाई मात्र अन्य छनौट प्रक्रियामा सहभागी गराईने छ । पदपुर्ती सम्वन्धी सम्पूर्ण अधिकार एकिकृत सामुदायिक बिकास अभियान ICDC Nepal धादिङमा निहित रहने छ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिने छ ।
कर्मचारी छनौट समिति
ICDC Nepal

About The Author

अन्य समाचारहरु: