धादिङमा भाइरल ज्वरोका बिरामी बढे

साउन २७, २०७३

vairal
रविना पौडेल / २७ साउन,  धादिङ – धादिङमा भाइरल ज्वरोका बिरामी बढेका छन् । वर्षायामसँगै जिल्लामा रहेको जिल्ला अस्पताल धादिङ सहित दुई नीजि स्वास्थ्य संस्था, मेडिकलहरुमा पनि भाइरलका बिरामी बढेको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारका लागि गएका बिरामी मध्ये ६५ प्रतिशत भन्दा बिरामी भाइरल ज्वरो र टाइफाइटको हुने गरेको जिल्ला अस्पताल धादिङका चिकित्सा अधिकृत पुर्षोतम पौडेलले जानकारी दिए ।

विशेष गरी जिल्लाको नलाङ, सलाङ, चैनपुर, कुम्पुर, मैदी, खरी लगायतका गाउँ विकास समितिबाट विरामी आउने गरेको अस्पतालका सुपरिटेन्डेन रसिला अमात्यले जानकारी दिइन् ।

अस्पतालमा दैनिक २ सय भन्दा बढी भाइरल ज्वरो र टाइफाइडका  बिरामी आउने गरेको छ । २ हप्ता यता बिरामीको चाप बढेको अमात्यको भनाई छ ।

अमात्यका अनुसार गर्मी, प्रदूषित पानीको प्रयोग र व्यक्तिगत सरसफाइमा कमीका कारण भाइरल ज्वरोको सङ्क्रमण बढेको हो ।

हनहन्ती ज्वरो आउनु, आँखा दुख्ने टाउको दुख्नु, पेट दुख्नु र हात खुट्टाका जोर्नीहरु दुख्नु भाइरल ज्वरोका लक्षणहरु हुन् । यस्तो लक्षण देखा परेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउनका लागि चिकित्सकहरुले सुझाव दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ