Thu. May 15th, 2025

पत्रकार शोविता रिसाल र राजन रुचालको तीज गीत ‘फेसबुक र ट्वीटरमा हिट (भिडियोसहित)

shovita३१ साउन, धादिङ – पत्रकारद्वय शोविता रिसाल र राजन रुचालको स्वर र शब्दमा रहेको तीज गीत बजारमा आएको छ ।

फेसबुकरट्वीटरमा हुने गतिबिधि र आम युवापुस्ताले यसको प्रयोग गर्ने तरिकालाई उनीहरुले तीजको भाकामा सजाएका छन् ।कार्यालयमा काम गर्दा फुरेको शब्दलाईनै गीत बनाएको रिसालले बताइन् ।

धेरै पत्रकारले ट्वीटर छिनछिनमा समाचार पोष्ट गर्ने र मोडलले फेसबुकमा धेरै फोटो सेयर गर्ने गरेकाले त्यही विषय समेटेर मेरो मायालु फेसबुक र ट्वीटर हिट बोलको गीत रचना गरेर गाएको उनको भनाई छ । छिनछिनमै फेसबुक चलाउनुपर्ने युवा बानी र बारम्बार ट्वीट गर्ने पत्रकारको विषयलाई गीतमा समेटिएको छ ।

पहिलेदेखि नै आफ्नो रुची गायनमा रहेको भन्दै रिसालले आउँदा दिनमा अरु गीत पनि गाउने योजना रहेको बताइन् । मेरो मायालु फेसबुक र ट्वीटरमा हिट बोलको गीतमा शब्द र स्वर पत्रकारद्वय रिसाल र रुचालको छ । लय संयोजन रुचालले गरेकी छिन् । गीतमा संगीता रसाईली र अशोक दुवाडीले अभिनय गरेका छन् ।

About The Author

अन्य समाचारहरु: