२२ भदौ, धादिङ – नेपाली चलचित्र कालो पोथी ओस्कार अवार्डका लागि मनोनित भएको छ ।
ओस्कार अवार्डको विदेशी भाषा विधाको प्रतिस्पर्धाका लागि मिनबहादुर भामले निर्देशन गरेको कालो पोथी छनौट भएको हो । कालो पोथी आउँदो ओस्कार अवार्डका लागि उत्कृष्ट विदेशी भाषाको चलचित्र विधामा नेपालको तर्फबाट नोमिनेसनमा परेको हो । चलचित्र कालो पोथी गएको वर्ष भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विकतर्फ उत्कृष्ट चलचित्र घोषित भएको थियो ।
विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइएको चलचित्र कालो पोथी नेपालमा भने गएको जेठमा प्रदर्शनमा आएको थियो । चलचित्रमा दुई स्कुले छात्रको कथा समेटिएको छ । पश्चिम नेपालको मुगुको सेरोफेरो र त्यहीँको खस भाषा नै चलचित्रमा प्रयोग भएको छ ।
चलचित्रमा खड्गराज नेपाली र शुक्रराज रोकाया मुख्य भूमिकामा छन् ।