न्यानो कपडा पाएपछि नाचे चेपाङ

माघ ५, २०७१

1

शंकर श्रेष्ठ, धादिङ  । दक्षिणी धादिङको जोगिमारा स्थित पिपलडाँडा आसपासका चेपाङ समुदायमा शनिबार खुसीको सीमा रहेन । माघ महिनाको चिसो ठण्डीमा एक सरो कमिज र कछाड बेरेर कार्यक्रम स्थल आइपुगेका बृद्धबृद्धाहरुले समेत नाचेरै देखाए ।
जाडोमा ओड्ने कम्मल र लगाउने कमिज पाएपछि उनीहरुमा खुसी छाएको हो । अगेनामा आगो बालेर अगेनाकै छेउमा सुतेर रात विताउनुपर्ने बाध्यताका चेपाङ समुदायलाई नविनतम नेपालको समाज नामक गैर सरकारी सस्थाले न्यानो कपडा उपलब्ध गराएको हो ।

2

सस्थाले जोगिमारा र धुषाका ८१ घरपरिवार चेपाङलाई सिरक, कम्मल लगायत लगाउने कपडा सहयोग गरेको छ । ‘हामी नेपाली एक ढिक्का सहयोगका लागि एक सिक्का’ अभियान संचालन गरी राजधानीको सडक र गल्लीहरुमा सर्वसाधारणसंग संकलन गरेको सहयोगले गरिब विपन्न चेपाङलाई लत्ताकपडा उपलब्ध गराएको संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

 

शनिवार जोगिमारा गाविसको पिपलडाँडामा एक कार्यक्रमको आयोजना गरी स्थानीय ८१ घर परिवारका ४० जना अति विपन्न जेष्ठ नागरिकलाई कम्वल र अन्य २ सय ९ जना महिला पुरुषका लागि छुट्टाछुट्टै कपडाहरु बितरण गरिएको छ । देशमा विखण्डन र एकताको स्वर चर्किरहेको बेला सिर्जनात्मक काम गर्ने उद्देश्यले यस्तो अभियान थालिएको संस्थाका कार्यक्रम संयोजक भोला तिमिल्सिनाले बताउनुभयो ।
दाताहरुले जाडोमा ओढ्ने र लगाउने न्यानो कपडा दिएपछि चिसोका कारण कष्टकर जिवन गुजार्दै आएका चेपाङहरु खुसी भएका छन् । नौलो मान्छे देख्दा डराएर भाग्ने चेपाङहरुले कपडा लिएर गाउँ पुगेका दाताहरुलाई नाचेर स्वागत गरेका थिए । 7

4

 यस्तो थियो युवाहरुको काठमाण्डौमा भएको सहयोग संकलन अभियान

yasto thiyo Ubaharuko sahayog sankaln Aviyan

फोटो शौजन्य ः भोला तिमिल्सिना/केशव अधिकारी

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै

धादिङको बैरेनीमा तीन सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरुको शिष्टाचार भेटवार्ता

सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

घुस लिएको अभियोगमा मुद्दा दायर

सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

स्वामस्थ्यन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

यो पनि पढ्नुहोस